समाज

कर्णालीमा जबरजस्ती करणीका ६१ उजुरी

साउन २६, २०७५

    सुर्खेत : कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा जबरजस्ती करणीका ६१ वटा उजुरी परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। घटनामा संलग्न सबै पक्राउ परेको पनि प्रहरीले जनाएको छ। यसैगरी कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा ६१ वटा बलात्कारका घटना भएको प्रहरीले जनाएको छ। 

    प्रदेशमै सबैभन्दा बढी बलात्कारका घटना सुर्खेत जिल्लामा भएका छन्। सुर्खेतमा आर्थिक वर्ष २०७४/०७५ मा २३ वटा बलात्कारका घटना घटेका छन्। यसैगरी कालिकोटमा २, जाजरकोटमा ४, जुम्लामा २, दैलेखमा ८, मुगुमा २, रुकुम (पश्चिम) मा ९ र सल्यानमा ११ वटा बलात्कारका घटना भएको कर्णाली प्रदेश प्रहरीको तथ्यांक छ। यसअघि आर्थिक वर्ष २०७३/०७४ मा ९ जिल्लामा जबरजस्ती करणीका ६८ मुद्दा परेको प्रदेश प्रहरी कार्यालयको भनाइ छ। 

    बलात्कार लगायतका आपराधिक घटना न्यूनीकरण गर्न सचेतनामूलक अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यक्ता देखिएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाहले स्थानीय सरकारले बलात्कार लगायत सामाजिक अपराधका घटना कम गर्न योजना ल्याउनु पर्नेमा जोड दिए। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले मन्त्रालयले सुरु गरेको ‘शान्ति सुरक्षा महाअभियान’ लाई यस्ता घटना न्यूनीकरणको सुरुवातका रूपमा उल्लेख गरे।   

    प्रदेश सरकार गठन लगत्तै मन्त्रालयले प्रदेशभर लागू हुने गरी शान्ति सुरक्षा महाअभियान सुरु गरेको थियो। सरकारले बलात्कारका घटनालाई न्यूनीकरण गर्नका लागि बाध्यकारी कानुन निर्माण गरिने प्रतिबद्धता जनाएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]