मनोरञ्जन

प्रियंका र आयुष्मानले दोस्रो पटक साटे औठी

साउन २६, २०७५

    काठमाडौं : नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले पुन: औठी साटेका छन्। शनिबार काठमाडौंको बत्तिसपुतलीमा रहेको होटल द्ववारिकाज्मा दुवैका परिवार र निकटस्थहरूको उपस्थितिमा कार्की र जोशीले दोस्रो औठी साटेका हुन्।

    केही वर्षयता प्रेममा रहेको यो जोडीले गत असार ३० गते इन्गेजमेन्ट गरेको थियो। यो जोडीले इन्गेजमेन्ट पनि सुटुक्क गरेको थियो।

    शनिवार गरिएको उक्त कार्यक्रममा उनीहरूको दुई परिवारका सदस्यका अलवा फिल्म क्षेत्रमा निकटस्थ मानिएका कलाकारहरू दीपश्री निरौला, दीपकराज गिरी, वर्षा राउत, संजोग कोइराला, स्वस्तिमा खड्का, निश्चल बस्नेतलगायतको उपस्थिति रहेको थियो। 

    प्रियंका र आयुष्मान ‘कथा काठमाडौं’ फिल्मको छायांकनका क्रममा एक अर्काको नजिक भएका थिए। यो जोडीको प्रेमलाई लिएर सुरुवाती दिनहरूमा केही टिकाटिप्पणी भएपनि पछिल्लो समय भने उनीहरूको प्रसंशा हुने गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]