विश्व

नोबेल साहित्य पुरस्कार विजेता नाइपालको निधन

साउन २७, २०७५

    नोबेल साहित्य पुरस्कार विजेता प्रसिद्ध लेखक भीएस नाइपालको निधन भएको छ।

    शनिबार लन्डनस्थित अाफ्नै घरमा ८५ वर्षीय नाइपालको निधन भएको हो।  नइपालको जन्म सन् १९३२ मा क्यारेबियन देश त्रिनिडाडमा भएको थियो। त्रिनिडाड हुर्के बढेका भारतीय मूलका नाइपालले अक्सफोर्ड विश्वविद्यालयमा पढेका थिए।

    तीसभन्दा बढी पुस्तक लेखेका नाइपालका ‘ए बेन्ड इन द रिभर’ र ‘ए हाउस फर मिस्टर विश्वास’ चर्चित छन्। सन् १९७१ मा बुकर पुरस्कार प्राप्त गरेका नाइपालले सन् २००१ मा नोबेल पुरस्कार प्राप्त गरेका थिए।

    पहिलो श्रीमतीको सन् १९६६ मा निधन भएपछि उनले पाकिस्तानी पत्रकार नदिरासँग दोस्रो विवाह गरेका थिए। विद्यार्थी कालमा डिप्रेसनका बिरामी भएका उनले आत्महत्याको प्रयाससमेत गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]