विश्व

'लगेज चेक' गर्ने व्यक्तिले विमान चोरेपछि...

साउन २७, २०७५

    अमेरिकाको सियाटलस्थित विमानस्थलमा एक विमान कम्पनीका कर्मचारीबाट चोरिएको एउटा खाली विमान विमानस्थलनजिकै रहेको एउटा टापुमा दुर्घटनाग्रस्त भएको छ।

    होराइजन एरका लगेज जाँच गर्ने २९ वर्षीय रिचार्ड रसेलले शुक्रबार अबेर ’अनधिकृत’ रूपमा विमान उडाएका थिए। सो विमान पगेट साउण्ड भनिने सामुद्रिक क्षेत्रमा खसेको थियो। विमान चलाइरहेका व्यक्तिको पनि मृत्यु भएको जनाइएको छ। 

    उनले यस्तो किन गरे भन्ने स्पष्ट भएको छैन। तर एअर ट्राफिक कन्ट्रोलसँग भएका संवादको एउटा अडियो रेकर्डिङमा होराइजन एअरको सो विमान ती मानिसले उडाएपछि के भयो भन्ने बारे केही थाहा पाउन सकिन्छ। सो रेकर्डिङमा ती मानिसले विमानमा कति इन्धन होला भनेर चिन्ता व्यक्त गरिरहेको सुनिन्छ। 

     

    अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई)ले छानबिनको जिम्मा लिएको उसबाट लिएको स्थानीय प्रहरी विभागले जनाएको छ। घटनाको केही घण्टापछि, विमानस्थल सामान्य अवस्थामा सञ्चालनमा आइसकेको सो विमानस्थलले ट्वीटरमा राखेको एउटा सन्देशमा जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]