समाज

काम सम्पन्न नगरी रकम फर्छ्योट

साउन २७, २०७५

    संखुवासभा : चिचिला गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजित रकमको काम सम्पन्न नगरी रकम फर्छ्योट गरेको छ। गाउँपालिकाले गत आर्थिकमा वडा नं. २ को गैरीआङ्ला खानेपानी आयोवजना मर्मतको काम सम्पन्न नगरी फर्छ्योट गरेको हो। 

    २०४६ तिर मा निर्माण भएको खानेपानी आयोजना मर्मत गर्न गाउँपालिकाले ८० हजार रुपैयाँ विनियोजन गरेको थियो। विनियोजित रकम काम सम्पन्न नगरी फर्छ्योट गरेको पाइएको छ। स्टिमेटअनुसार टुटेफुटेका पाइप मर्मत गर्ने, आवश्यकताअनुसार पाइप खरिद गर्ने, मुहान मर्मत तथा संरक्षण गर्ने, पाइप पुर्नेलगायत छ। तर, फुटेको पाइप कपडाले बेरिएको र चुहिने, टुटेफुटेका अवस्थामा भेटिएका छन्।

    गैरीआङ्ला खानेपानी मर्मत समितिका अध्यक्ष दीपेन्द्र राईका अनुसार पाइप, सिमेन्ट, सकेट लगायतका सामग्रीमा ६८ हजार २५० रुपैयाँ खर्च भएको बताए। तर, बाँकी रकमबारे कुनै जानकारी नदिई फर्छ्योट भएको थाहा पाएपछि उपभोक्ताहरु आक्रोशित बनेका छन्।

    अध्यक्ष राईका अनुसार ३२ एमएमको ४०० मिटर र २० एमएमको ६०० मिटर पाइप खरिद गरेको बताउँछन्। तर, स्थानीय जेम्स राईले पाइप नपुरिएका र ३२ एमएमको ७० मिटर पाइप मात्र प्रयोग गरिएको छ। ३०० मिटर २० एमएमको पाइप उपभोक्ता बाहिरको मनकुमार राईलाई व्यक्तिगत रुपमा समेत वितरण गरिएको छ। यस्तै उपभोक्ताका दुई घरलाई सय मिटरको दरले पाइप वितरण गरिएको छ।

    अध्यक्ष  राईले खरिद गरिएका र प्रयोग गरिएका पाइपबारे जानकारी दिए पनि फर्छ्योट गर्दा त्योभन्दा फरक विवरण पेस गरेको पाइएको छ। फर्छ्योटमा ४० एमएमको १०० मिटर, ३२ एमएमको ४०० मिटर र २० एमएमको ४०० मिटर प्रयोग गरिएको देखाइएको छ। गाउँपालिकाका प्राविधिक चन्द्रप्रकाश राईले समेत उक्त खानेपानी मर्मत योजनाको प्राविधिक परीक्षण र अनुगमन गरेका थिए। तर काम सम्पन्न नगरी कसरी फर्छ्योट भयो भन्ने प्रश्नमा प्राविधिक राईले अध्यक्षले काम सम्पन्न गर्ने जनाएकाले फर्छ्योट गरिएको दाबी गरे।

    सडक छेउमा पाइप भएकाले सडक निर्माण गरिरहेको हुनाले चाँडै पाइप पुर्नु पर्ने भएकाले फर्छ्योट गर्न आउँदा फोटोसहित उपलब्ध भएकाले फर्छ्योट गरिएको उनले बताए। तर, काम गर्छु भनेकै भरमा फर्छ्योट गर्नु प्राविधिकको समेत गल्ती भएको उपभोक्ताहरु बताउँछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]