सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्...
काठमाडौं : अन्त्येष्टि संस्कार १३, सात वा पाँच दिनको भन्ने विषयमा भ्रम हुन थालेपछि शास्त्रीय व्याख्या गर्न सनातन विद्वत् परिषद् नेपाल स्थापना भएको छ। शनिबार गठित परिषदमा वेद, इतिहास, पुराण, संस्कृति, दर्शन, धर्मशास्त्र, ज्योतिष, तन्त्र र कर्मकाण्ड आदि विषयका विद्वान् छन्।
कार्यक्रममा जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले अन्त्येष्टि संस्कारका बारेमा भ्रम फैलाउने समूह शास्त्रार्थ गर्न तयार हुनुपर्ने बताए। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले हिमवत् खण्डमा विकास भएको संस्कृति र संस्कार समाप्त गर्ने उद्देश्यले अन्त्येष्टिबारे भ्रम फैलाएको बताए।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्राडा विद्यानाथ भट्टले सनातन धर्मावलम्बीका १६ संस्कारमध्ये लोप भएर पाँच मात्र सीमित भएका बेला त्यसलाई पनि लोप गराउने षड्यन्त्र भइरहेको धारणा राखे।
कार्यक्रममा परिषद्का अध्यक्ष पूर्णचन्द्र ढुंगेल, प्राडा दीर्घराज घिमिरे, प्राडा ऋषिराम पोखरेल, प्राडा देवमणि भट्टराई र सहप्राडा माधवप्रसाद पाण्डेयलगायतले सार्वजनिक रूपमा शास्त्रार्थ गर्न अाउन भ्रम फैलाउनेलाई चुनौती दिए।
मृत्यु संस्कारका बारेमा फैलाइएका भ्रम निवारण गर्न भन्दै परिषद्ले प्रकाशन गरेको ‘सनातन धर्ममा अन्त्येष्टि संस्कार १३ दिन नै’ नामक पुस्तक पनि कार्यक्रममा विमोचन गरियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।