खेलकुद

भारतविरुद्ध इंग्ल्याण्डकाे २५० रनकाे अग्रता

साउन २७, २०७५

    भारत विरुद्धको दोस्रो टेस्टमा इंग्ल्यान्ड बलियो अवस्थामा पुगको छ। लर्ड्समा जारी दोस्रो टेस्टको पहिलो पारीमा इंग्ल्यान्डले तेस्रो दिन २ सय ५० रनको अग्रता बनाएको छ। दिनको खेलको समाप्तिमा इंग्ल्यान्डले ६ विकेट गुमाएर ३ सय ५७ रनको अवस्थामा क्रिजमा रहेको छ। 

    इंग्ल्यान्डका लागि क्रिस वक्स सर्वाधिक १ सय २० रनको सतकिय इनिङका साथमा क्रिजमा छन्। उनलाई सम कुरानले २२ रन बनाएर साथ दिएका छन्। यसअघि जोनि ब्यारिस्टोले ९३ रनको स्कोर बनाएर आउट भए। ब्यारिस्टो र वोक्सले छैटौं विकेटका लागि १ सय ८९ रनको शानदार साझेदारी गरेपछि इंग्ल्यानड बलियो अवस्थामा पुगेको थियो। एकताका १ सय ३१ मा ५ विकेटको अवस्थामा रहेको इंग्ल्यान्ड त्यसपछि भने निकै राम्रो लयमा रह्यो।

    तर ब्यारिस्टो सतक बनाउनबाट ७ रनले चुके उनलाई हार्दिक पाण्ड्याले दिनेश कार्तिकको हातमा थमाउँदै ९३ रनको अवस्थामा पेभिलियन पठाएका थिए। त्यसपछि क्रिजमा आएका कुरानलेपनि वोक्सलाई राम्रो साथ दिइरहेका छन्। यसअघि भारत पहिलो पारीमा १ सय ७ रनमानै अलआउट भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]