राजनीति

एक हप्तापछि अाज बस्दै प्रतिनिधिसभा बैठक

साउन २७, २०७५

    काठमाडौं : प्रतिनिधिसभाको बैठक बिहीबार बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

    झण्डै एक साताको स्थगतपछि सरकारले 'बिजनेस' दिन नसकेपछि अघिल्लो सोमबार बसेर बैठक आइतबारसम्मका लागि स्थगन भएको थियो। संसद सचिवालयमा दर्ता गरिएका थप २ विधेयक परिपक्व भएपछि बैठकमा सरकारले ती विधेयक टेबुल गर्न लागेको छ। 

    बैठकमा अर्थमन्त्री युवराज खतिवडाले निवृत्तिभरण कोष विधेयक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उपभोक्ता संरक्षण विधेयक टेबुल गर्ने संघीय संसद सचिवालयले जनाएको छ।

    यस्तै बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। सो विधेयक गत सोमवारको प्रतिनिधिसभा बैठकले दफावार छलफलका लागि समितिमा पठाएको थियो।

    सोही बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, लेखापरीक्षण विधेयक र बीमा विधेयक पनि दफावार छलफलका लागि पठाएको थियो।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]