राजनीति

टेलिकम प्रबन्ध निर्देशकलाई सरकारले फरि सोध्यो ७२ घण्टे स्पष्टिकरण

साउन २७, २०७५

    काठमाडौंः नेपाल टेलिकमकी प्रबन्द निर्देशक कामिनी राजभण्डारीलाई सरकारले दोस्रो पटक स्पष्टिकरण मागेको छ। उनको कार्यसम्पादनमा चित्त नबुझेको बन्दै सरकारले ७२ घण्टे स्पष्टिकरण मागेको हो। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजभण्डारीलाई फेरि स्पष्टिकरण माग्ने निर्णय गरेको हो।

    सूचना तथा सञ्चार मन्त्रालयले भण्डारीलाई आजै स्पष्टिकरण सोध्ने बुझिएको छ। राजभण्डारीले तीन महिनामा टेलिकमलाई स्तरोन्नती गर्ने बताएको भए पनि हालसम्म स्तरोन्नती नगरेकोले स्पष्टिकरण माग्ने निर्णय भएको सञ्चार मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले टेलिकम झन धरासायी बन्दै गएको बताएको छ। यस अघि गत बैशाखमा राजभण्डारीलाई स्पष्टिकरण सोधिएको थियो। त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीसँग कार्यप्रगति विवरण मागेका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]