समाज

शवभित्र सर्प र भ्यागुता छ भनेर चिर्ने व्यक्ति पक्राउ

शव काट्दै रोशन गुरुङ
साउन २७, २०७५

    गोरखा : धार्चे गाउँपालिका ६ स्थित काशीगाउँका भीम गुरुङको शवलाई काट्ने र महिलामाथि बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने रोशन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

    मीनकुमारी गुरुङको जाहेरीको आधारमा प्रहरीले रोशनलाई पक्राउ गरेर मुद्दा चलाएको छ। शनिबार पक्राउ परेका गुरुङको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    मीनाले रोशनका अलवा आइतीमाया गुरुङ, मीनमाया घले र ठूली गुरुङले आफू र आफ्नी आमा काली गुरुङलाई बोक्सीको आरोप लगाएको र कुटपिट समेत गरेको भन्दै गत साउन २० गते जाहेरी दिएकी थिइन्। जाहेरीको आधारमा प्रहरीले रोशनलाई पक्राउ गरेको हो। अन्य अभियुक्त पनि खोजि भइरहेको प्रहरीले जानकारी दिएको छ।

    जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र नेपाल र आरुघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक सुरज कार्कीको नेतृत्वमा गएको प्रहरीको टोलीले रोशनलाई घरबाटै पक्राउ गरेको हो। रोशनलाई घरबाटै पक्राउ गरिएको एसपी बिमल बस्नेतले जानकारी दिए ।

    रोशन गुरुङले स्थानीय भीम गुरुङको शवभित्र बोक्सीले सर्प, भ्यागुता, छेपारो हालिदिएको भन्दै दाहसंस्कार गर्न चिहानडाँडा पुर्‍याएको शव गत शनिबार घरेलु हतियार प्रयोग गरी चिरेका थिए।

    साथै आफूहरूमाथि भीम गुरुङलाई बोक्सी लगाई मारेको आरोप लगाएको भन्दै पीडित परिवार प्रहरीको सम्पर्कमा पुगेपछि गाउँले काली गुरुङ, मीनकुमारी गुरुङ लगायतमाथि हातपात गरेका थिए। घटनाबारे बुझ्न गएको प्रहरी टोलीमाथि पनि गाउँलेले हातपात गरेका थिए। यसअघि रोशनलाई नियन्त्रण गर्न गएको प्रहरीको टोलीलाई गाउँलेहरूले नै कुटपिट गरी फिर्ता पठाएका थिए।

    पढ्नुहोस् :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]