स्वास्थ्य

डाक्टरको लाइसेन्स परीक्षामा ५९५ जना फेल

२४ प्रतिशत मात्र उत्तीर्ण

साउन २७, २०७५

    काठमाडौं : नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४ प्रतिशत मात्र पास भएका छन्।

    ७८४ जना एमबिबिएस पास गरेका चिकित्सकको लाइसेन्सको लागि लिएको परीक्षामा जम्मा १८९ ले मात्र लाइसेन्स परीक्षा पास गरेका काउन्सिलका रजिष्टार डा. दिलिप शर्माले बताए।

    एमबीबीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा यति धेरै फेल भएको सम्भवत यो नै पहिलो हो। उनले भने, 'शनिबारको परीक्षामा एमबीबीएसतर्फ ७७६ जनाले परीक्षा दिएकोमा १८९ जना मात्रै पास भएका छन्। हामीले लिएको परीक्षामा सबै भन्दा धेरै विद्यार्थी फेल हुने सम्मभवत यो पहिलो पटक होला।' यस्तै हिजै लिएको बिडिएस तर्फको परीक्षामा १२७ जनाले परीक्षा दिएको ७३ जना (५७.४८प्रतिशत) जना पास भएका छन्। यसरी हेर्दा दुबै समूहामा पास हुने जम्मा २९ प्रतिशत रहेकको छ। तर एमबिबिएस लाइसेन्स परीक्षामा फेल हुने यो निकै कम हो।

    डा. शर्माका अनुसार चाइना,बंगलादेश र नेपालका केही मेडिकल कलेजाट एमबिबिएस गरेका बिद्यार्थीहरू धेरै लाइसेन्स परीक्षामा फेल भएका समेत बताए। यस्तै हिजोको परीक्षामा फेल हुने धेरै विद्यार्थी पटक पटक लाइसेन्स परीक्षामा सहभागी भएर पनि पास नहुने विद्यार्थी रहेको समेत डा. शर्माले बताए। उनले भने, 'हिजोको परLक्षा करlब ५०० जति यसभन्दा अगाडि पनि परीक्षामा सहभागी भएर पनि पास नभएका पुराना परीक्षार्थी थिए जसले गर्दा धेरै फेल भए।' 

    यसभन्दा अगाडि पनि काउन्सिलले लिँदै आएको परीक्षामा धेरै विद्यार्थी फेल हुँदै आएका थिए। चिकित्सा अध्ययन उत्तीर्ण गरेको प्रमाणपत्र लिएर आएका विद्यार्थीहरू लाइसेन्स लिने बेलामा यति धेरै फेल हुनुले मेडिकल शिक्षाको गुणस्तरमा थप प्रश्न उब्जाएको छ।

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]