राजनीति

अन्तरिम आदेश सरकारविरुद्ध दिने सर्वोच्चले अन्तिम फैसला पक्षमै दिनेछ : मन्त्री ज्ञवाली

साउन २७, २०७५

    भक्तपुर : पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले गरेका निर्णयहरूलाई उल्ट्याउने सर्वोच्च अदालतको अन्तिम फैसला सरकारको पक्षमा आउने बताएका छन्।

    रफत संचार क्लबले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यसअघिको सरकारका पालामा भएका निर्णयलाई वर्तमान सरकारले खारेज गर्दा सर्वोच्च अदालतले विपक्षमा अन्तरिम आदेश आएपनि अन्तिम फैसला सरकारको पक्षमा आउने बताए।

    अघिल्लो सरकारले गरेको नियुक्ती बदर गर्दै प्रतिशोध साध्ने काम सरकारले नगरेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ थियो। 'वर्तमान सरकारले देउवा सरकारले गरेको नियुक्ती बदर गरेको होइन, देउवा सरकारले माओवादीका मन्त्रीहरूलाई बिना विभागीय बनाएर सत्ताको दुरुपयोग गरी निर्वाचन आचार संहिता विरुद्ध निर्वाचनलाई नै पभावित पार्ने गरी गरेको नियुक्ती बदर गर्न खोजेको हो,' उनको भनाइ थियो।

    सरकारले गरेका निर्णलाई अन्तरिम आदेशबाट उल्ट्याउने प्रयास गरेपनि अन्तिम फैसलामा सरकारको निर्णयलाई सर्वोच्चले सदर गर्नेमा सरकार विश्वस्त रहेको मन्त्री ज्ञवालीको भनाइ थियो।

    मन्त्री ज्ञवालीले सरकार लोकतन्त्रप्रति प्रतिवद्ध रहेको प्रष्ट्याउँदै देशमा शान्ति सुरक्षा कायम गर्न, सुशासनको प्रत्याभूति दिन र देशलाई समृद्धितर्फ लैजान सरकार प्रतिवद्ध रहेको बताए।

    सरकार सुस्त भएको भनेर गरिएका आलोचनालाई सरकारले सुझावको रुपमा लिइएको बताउँदै मन्त्री ज्ञवालीले भने, 'अघिल्लो सरकारले ल्याएको बजेट र समस्यालाई समाधान गर्नै सरकारलाई ५ महिना लाग्यो, अनि कसरी देखिउन् सरकारका प्रभावकारी काम, अब सरकारले नयाँ बजेट अनुसार काम शुरु गरेको छ, अब काम प्रभावकारी रुपमा अगाडि बढ्छ।'

    प्रतिपक्षले सरकारका विरुद्ध लगाएको अधिनायकवादीको आरोप कृत्रिम हल्लामात्रै भएको उनको भनाइ थियो। उनले कांग्रेसले अधिनायकवाद भनेर तातो चियाबाट बाफ उडे जस्तै कृत्रिम हल्ला उडाएको टिप्पणी गर्दै यस्ता हल्लाले सरकारलाई असर नपर्ने बताएका थिए।

    प्रतिपक्षी कांग्रेसले विरोधका लागि विरोध मात्रै गरेको टिप्पणी उनले गरेका थिए। उनले भने, 'सत्ताबाट बाहिरिनु परेको, पार्टी खुम्चेको पीडाले स–साना कुरामा पनि विरोध गरेर चर्चामा आउँन खोजेको छ।' कांग्रेसलाई विरोध भन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न उनको आग्रह थियो।

    सरकारले प्रभावकारी रुपमा कुटनीतिक प्रयास गरिरहेको बताउँदै उनले भारतसँग विश्वासको आधार निर्माण गरिसकेको, चीनसँग बृहत्तर विकास साझेदारीको खाका तयार पार्न सफल भएको जानकारी दिए।

    सम्वृद्ध नेपाल, सुखी नेपाली सरकारको अभियान सफल पार्न बाह्य सम्पर्क, सम्बन्ध असाध्यै राम्रो बनाएका छौँ भन्दै उनले आगामी तीन वर्षमा नेपाललाई अल्पविकसित राष्ट्रबाट माथि उठाउने र सन् २०३० सम्ममा देशलाई मध्यमस्तरमा ल्याउन दाताहरूको सहयोग समेत जुटाउने कामका लागि लागिपरेको बताए।

    परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको व्यापार घाटा कम गर्दै सन्तुलित बनाउन र वैदेशिक लगानी अभिवृद्धि गर्न, आयातमा कर छुट गर्न र नेपालमा पर्यटक भित्र्याउन आफ्नो पहल भइरहेको बताउँदै अहिले परिपक्क, अनुकूल र राम्रो बाह्य सम्बन्ध विस्तार गरेको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]