समाज

जाजरकोटका पहिरो पीडित परिवारलाई नगद सहयोग

साउन २७, २०७५

    जाजरकोट ः एकहप्ता अघि जाजरकोटको ठाँटी बजारमा पहिरोमा पुरिएर मृत्यु भएका ९ जनाका पीडित परिवारलाई नेपाली कांग्रेस जाजरकोटका नेता रत्नवहादुर खड्काले प्रतिमृतक ३० हजारका दरले नगद राहत सहयोग दिएका छन्। नेपाली कांग्रेसका महासमिति जिल्ला सदस्य खड्काले पहिरोमा परी मृत्यु भएकाहरूका पीडित परिवारहरूलाई अस्थायीआश्रय ठाँटीवजारस्थित वृद्धाश्रममा पुगेर सहयोग दिएका हुन्।

    आइतबार बिहान वृद्धाश्रममा आयोजित एक कार्यक्रममा खड्काले उपलव्ध गराएको सहयोग रकम प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेत र खड्काले संयुक्त रुपमा  पीडित परिवारलाई  हस्पतान्तरण गरे। पहिरोमा परि  मृत्यु भएका भेरी नगरपालिका-६ गंगटियाका लालवहादुर लुहारकी श्रीमति सितला लुहार छोरीहरू  भगवती, रन्जना र मनिषाको लागि प्रति मृतक ३० हजारका दरले एकलाख २० हजारसहयाेग गरे। त्यसैगरी कुसे गाउँपालिका-५ खुर्पा घर भइ नलगाड नगरपालिका-३ करुवाका गोविन्द परियार र दशरथ परियारको लागि उनीहरूको दिदी  सुरिता परियारलाई ६० हजार, कुसे गाउँपालिका-६ भार्माका नविन परियारको लागि उनका वुवा कृष्ण परियालाई ३० हजार तथा सोही गाउँपालिका-५ नाउली खेतका नरेन्द्र परियारका लागि उनका वुवा प्रेम परियारलाई ३० हजार गरी ९ जना मृतकका पीडित परिवारका लागि खड्काले दुइलाख ७० हजार नगद सहयोग गरेका हुन्।

    कार्यक्रमा  प्रुमख जिल्ला अधिकारी वस्नेतले राज्यले गर्नुपर्ने सहयोग खड्काले गरेर ठूलो गुण लगाएको बताए। पीडित परिवारलाई ठूलो रकम सहयोग गरेर खड्काले सरकारी निकायलाई चुनौति दिएको समेत प्रजिअ बस्तेतले बताए। मृतकका परिवारलाई यस अघि केन्द्र सरकारले  एक लाखका दरले, प्रदेश सरकारले २५ हजारका दरले र भेरी नगरपालिकाले ३० हजारले दरले राहत रकम सहयोग गरेका थिए।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]