काठमाडौं : बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका ...
काठमाडौं : सहरी क्षेत्रका प्रेमी-प्रेमिकामाथि डेटिङ हिंसाको जोखिममा रहेको एक अध्ययनले देखाएको छ।
युवा तथा किशोरकिशोरीका विषयमा अध्ययन गर्ने एक गैरसरकारी संस्थाले युवा युवतीमाथि यस्तो खतरा रहेको सार्वजनिक गरेको छ। 'युवालय'ले गरेको एक सर्वेक्षण अनुसार प्रेम सम्बन्धमा रहेकाहरूमध्ये करिब आधा युवायुवतीले डेटिङका क्रममा आफ्नै प्रेमीप्रेमिकाबाट हिंसा भोग्नुपरेको बताएका छन्।
यो विषयमा नेपालमा गरिएको पहिलो दाबी गरिएको अध्ययनलाई अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आइतबार सार्वजनिक गरिएको हो।
सर्वेक्षणमा सहभागी युवाहरूले आफू परिवार तथा साथीसङ्गीसँग रहेका बेला प्रेमीप्रेमिकाले किचकिच गर्ने, दिक्क लगाउने लगायतका मनोवैज्ञानिक हिंसामा पार्ने गरेको उल्लेख गरेका छन्। त्यस्तै शारीरिक हिंसा भोगेको बताउनेहरूको संख्या पनि उल्लेख्य रहेको पाइएको छ। जसमा गाली गर्ने, सामान फालिदिने, धकेलिदिने लगायतका हिंसा हुने गरेको उनीहरूको अनुभव छ।
अध्ययनमा सहभागी आधाभन्दा बढीले डेटिङका बेला यौन हिंसा हुन्छ कि हुँदैन भन्ने प्रश्नको उत्तर दिएका छैनन्। उत्तर दिनेहरूमध्ये प्रेमीप्रेमिकाले चुम्बन लगायतका यौनजन्य क्रियाकलाप गर्न दबाब दिएको बताएका छन्। यस्तो हिंसामा महिला र पुरुष र पुरुष दुवै रहेको पाइएको छ।
उक्त अध्ययन काठमाडौंमा गरिएको युवालयले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।