काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
मकवानपुर : प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले नेताहरूको भाषणले मात्रै रोजगारी वृद्धि नहुने बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जिल्ला युवा समिति मकवानपुरले हेटौँडामा आयोजना गरेको कार्यक्रममा मन्त्री दुलालले नेताहरूको भाषणले रोजगारी नदिने बताएका हुन्।
रोजगारीको अवसर सिर्जना गर्न युवाहरूको प्रतिभाको संरक्षण र सिर्जनशिलताका लागि राज्यको लगानी गर्न आवश्यक रहेकोमा उनले जोड दिए। ‘युवाहरूको सीप र योजनाहरूमा राज्यले लगानी गर्नुपर्छ, अनि मात्रै रोजगारी अभिवृद्धि हुन्छ र समृद्धि हासिल गर्न सकिन्छ,’ उनले भने।
युवाहरूमा रहेको प्रतिभाको पहिचानका लागि प्रदेश सरकारले युवा वैज्ञानिक कोषको स्थापना गरेको उनले जानकारी दिए। ‘प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ, आफुसँग भएका योजनाहरू प्रस्तुत गर्न त्यसबाट लाभ हासिल गर्न युवा समुदायलाई आग्रह छ।’ मन्त्री दुलाले भने। कोषमार्फत युवाहरूको विभिन्न क्षेत्रका प्रतिभाको पहिचान गर्दै यसको उपयोग प्रदेशको विकासमा गर्ने सरकारको योजना रहेको उनको भनाइ छ।
जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाईँको सभापतित्वमा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका उपसचिव शम्भुप्रसाद पौडेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्दन अमात्य, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख खुशराज दाहाल, युवा अभियन्ता जीवन शर्माले कार्यपत्र अवधारणापत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरूले मन्त्री दुलालसहित कार्यपत्र प्रस्तुतकर्तालाई आफ्ना जिज्ञासा राखेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।