अर्थ

सिटिजन्सद्वारा मालिका बाल विद्यालयलाई आर्थिक सहयोग

साउन २७, २०७५

    काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कंचनपुरको श्री मालिका बाल विद्यालयका दुईजना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ।

    विद्यालयमा आयोजित एक कार्यक्रमबीच सिटिजन्स बैंक, महेन्द्रनगर शाखाका प्रबन्धक नरेन्द्र चन्दले कंचनपुरको भीमदत्त नगरपालिका-२, भासीमा रहेको श्री मालिका बाल विद्यालयका प्रिन्सिपल देव चन्द्र उपाध्यायलाई ५१ हजार ६५० को चेक हस्तान्तरण गरे। उक्त रकमबाट विद्यालयको कक्षा ६ मा अध्ययनरत दिनेश पन्तलाई २६ हजार २०० तथा कक्षा ५ मा अध्ययनरत महेन्द्र रानालाई २५ हजार ४०५० को छात्रवृत्ति प्रदान गरिने कुरा विद्यालयका प्रिन्सिपल उपाध्यायले बताए।

    सिटिजन्स बैंक, महेन्द्रनगरका शाखा प्रबन्धक चन्दले बैंकले प्रदान गरेको छात्रवृत्तिले मेहनती, जेहन्दार तथा आर्थिक रूपले कमजोर रहेका विद्यार्थीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]