खेलकुद

सागर र आसिफ सहभागी टिमलाई मलेसियन प्रिमियर लिग

साउन २७, २०७५

    नेपाली राष्ट्रिय टिमका स्टार खेलाडी सागर पुन र अासिफ सेख सहभागी रहेको टिम क्वाललम्पुरले मलेसियन प्रिमियर लिगकाे उपाधि जितेको छ। आइतबार भएको फाइनल खेलमा युनिर्भसिटी किवानसाङ मलेसियालाई ७ विकेटले पराजित गर्दे क्वाललम्पुरले उपाधि जितेको हो।

    पहिलो ब्याटिङ गर्दै युनिर्भसिटीले दिएको १०२ रनको लक्ष्य क्वाललम्पुरले २५.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो। क्वाललम्पुरको जीतमा अहमद फहिजले अविजित ४५ रन जोडे भने आसिफ शेखले ३३ रनको स्कोर बनाए। नेपाली ब्याट्सम्यानहरू सागर पुन आसिफ सेखले क्वाललाम्पुरबाट प्रतिस्पर्धा गरेका थिए।
    पछिल्ला २ खेलमा शतकीय पारी खेलका सागर आइतबारको खेलमा भने चम्किन सकेनन्।टस जितेर पहिला ब्याटिङ गरेको युनर्भसिटी क्लब २६ ओभरमा अल आउट भएको थियो। उसका लागि इमामुयल मुस्तकिमको २८ रन सर्वाधिक रह्यो। 
    उपाधि बिजेता क्वाललम्पुरले नौ हजार रिंगेट प्राप्त गर्दा उपविजेता युनिर्भसिटीले चार हजार रिंगेटमा चित्त बुझायो।

    प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी सागर पुन रहे। उनले  प्रतियोगिता अवधिभर ४५२ रन बनाउँदा महत्त्वपूर्ण ९ विकेट पनि हासिल गरेका थिए। उत्कृष्ट ब्याट्सम्यानको रूपमा सागरले ७०० रिंगेट प्राप्त गर्न सफल पनि भएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]