काठमाडौँ : धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालकी छोरी बेपत्ता भएकी छन्। हमालकी जेठी छोरी आरती भारतको गोवास्थित जोरबा...
रुकुम : रुकुम पश्चिम मुसिकोटमा एक पुरुषले महिलाको कपडा लगाएर महिला रहेको घरमै गएर करणी प्रयाससहित चोरी गरेका छन्। मुसिकोट नगरपालिका-६ की ४८ वर्षीय एक महिलालाई जवरजस्ती करणीको प्रयास गर्दै उनको घरमा भएको ८३ हजार रुपैयाँ समेत लुटपाट गरेको प्रहरीले जानकारी दिएको छ।
उक्त कार्यमा संलग्न त्रिवेणी गाउँपालिका-३ का २३ वर्षीय बलबहादुर कामी र उनका साला सिस्ने गाउँपालिका-८ रुकुम पूर्वका २१ वर्षीय धनबहादुर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक प्रमोद क्षत्रीले जानकारी दिए।
प्रहरी निरीक्षक क्षत्रीका अनुसार धनबहादुरले महिलाको पोशााक (म्याक्सी) लगाएर नजिक गई पहिले राम्रै कुराकानी गरेर झुक्याएका थिए। पछि आफ्नो कानै काटेर लगाएको सुनसमेत चोरी गरेको पीडित महिलाले प्रहरीसमक्ष बताएकी छिन्। उनीहरूलाई चोरी तथा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।