काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भ...
काठमाडौं : निर्वाचन आयोगले निर्वाचनको मिति कानुनमै व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको मिति कानुनमै व्यवस्था गरे निर्वाचनको मिति सर्ने लगायतका ३० वटाभन्दा बढी निर्वाचनसम्बन्धि समस्या स्वतः समाधान हुने पनि स्पष्ट पारे। आइतबार काठमाडौंमा आयोजित ‘नेपालको निर्वाचन कानुनी संरचना’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले निर्वाचनको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्ने आयोगको अडान पनि दोहोर्याए भयो। प्रमुख निर्वाचन आयुक्त यादवले खर्च कम हुने उल्लेख गर्दै मतदान स्थलमै मतगणना हुने कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन अपराध अदालत गठन गर्न सरकारलाई सुझाव दिए। सरकार र निर्वाचन आयोगलाई विवादमा आउन नदिन पनि निर्वाचनको अपराध हेर्न निर्वाचन अपराध अदालत गठन गर्न आवश्यक रहेको उनको तर्क थियो।
कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्तद्धय सुर्यप्रसाद श्रेष्ठ र निलकण्ठ उप्रेतीले निर्वाचन कानुन सुधारको आवश्यक्ता र औचित्यको बारेमा प्रकाश पारेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।