समाज

ढुंगा बोकेको टिपरलाई प्रहरी समाउने, नगरपालिका छोड्न पत्र काट्ने

साउन २७, २०७५

    बारा : इलाका प्रहरी कार्यालयले आइतबार बिहान पक्राउ गरेको नेपाल क्रसरका सातवटा टिपर पक्राउ गरेको आठ घण्टामा छुटेका छन्। इलाका प्रहरी कार्यालयले बिहान ६ बजे बकैया पुल नजिकबाट नियन्त्रणमा लिएको टिपर निजगढ नगरपालिकाको पत्रपछि प्रहरीले छाडेको हो।

    खोलानाला बन्द गरि क्रसर उद्योग संचालन गरेको अवस्थामा भेटिएकाले पक्राउ गरी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक विक्रम लामाले बताए। ‘हामीले सातवटा टिपर पक्राउ गरी निजगढ नगरपालिकालाई बुझाएका हौँ’, उनले भने।

    निजगढ नगरपालिकाका निमित्त प्रमुख रामशरण यादवले क्रसर उद्योगको स्टक रहेको गिट्टी बिक्री गर्न लागिएको व्यहोराको पत्र कार्यालयलाई पठाएपछि प्रहरीले छाडेको हो।

    ‘रसिद काटेर बिक्री गरेको देखियो,’ निमित्त प्रमुख यादवले भने, ‘उहाँहरूसँग जिल्ला समन्वय समितिको पनि स्टक प्रमाणित पत्र पनि भएकाले छाड्न भनिएको हो।’

    प्रहरीले दुई दिनअघि १० वटा ट्याक्टर पक्राउ गरी नगरपालिकामार्फत प्रति ट्याक्टर १० हजार रुपैयाका दरले जरिवाना गरेर छाडेको थियो।

    आफ्नो क्षेत्रभित्र परेका खोलानालाका नदीजन्य पदार्थमाथि स्थानीय तहले जिम्मेवारी पाएपछि अवैध भेटिए पक्राउ गरी जरिवाना गर्न पाउने व्यवस्था रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]