समाज

भारतले धौलीगंगा बाँधको ढोका खोलिदै, सतर्क रहन आग्रह

साउन २७, २०७५

    बैतडी : भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगंगामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ। बाँध सरसफाइका लागि भन्दै सोमबार बिहान ७ बजे बाँध खुला गरिन लागेको जानकारी आएको जिल्ला प्रसासन कार्यालय दार्चुलाले एक सूचना प्रकाशित गरेर सतर्कता अपनाउन आग्रह गरेको  छ। 

    बाधँबाट बढी मात्रामा पानी छोडिँदा महाकालीमा बाढी आउँने खतरा हुने भएकोले नदी तटीय क्षेत्रका नागरिकलाई पूर्वसतर्कता अपनाउँन आग्रह गरिएको हो।

    बाँधको पानीका कारण महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएको कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न भारत र नेपाल दुवै देशका स्थानीय प्रशासनले अनुरोध गरेका छन्। दार्चुला सदरमुकाम सदरमुकामबासीलाई सबैभन्दा बढी सतर्क रहनुपर्छ।

    दार्चुलाको व्यास, दुहु, मालिकार्जुन र लेकम गाउँपालिकाका साथै महाकाली नगरपालिकाका महाकाली नदी तटीय क्षेत्रमा बसोबास गर्ने सबै स्थानीयलाई सुरक्षित भएर बस्न एवं पूर्व सतर्कता अपनाउँन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो।

    पछिल्लो समय बाँध खोल्ने समयबारे जानकारी गराउनथालेपछि पूर्व सतर्कता अपनाउन सजिलो भएको छ। केहि दिन पहिले दार्चुलामा सम्पन्न नेपाल र भारतका जिल्ला अधिकारीहरूको बैठकमा बाँधको पानी छाड्ने समयबारे जानकारी अर्थात् सूचना आदानप्रदान गर्ने सहमति भएको थियो।

    यस वर्षमात्रै धौलीगंगाको बाँध चारपटक खोलिएको छ।  धौलीगंगा जलविद्युत परियोजनाको क्षमता २८० मेगावाट रहेको छ। यसअघि धौलीगंगा जलविद्युत परियोजना छिरकिल्ला बाँधमा पानीको मात्रा अत्याधिक भएको कारणले साउन १२ गते पनि बाँधको ढोका खोलिएका थिए।

    २०७० सालमा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौंको क्षति पुगेको थियो। बिनासूचना भारतले बाँधको ढोका खोल्दा उक्त क्षति भएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]