समाज

यौनजन्य घटनाविरुद्ध एक महिने अभियान, २३५ प्रहरी परिचालन

भदौ ४, २०७५

    भद्रपुर (झापा) : महिलामाथि हुने यौनजन्य दुव्र्यवहारका घटनालाई कम र रोकथाम गर्न झापामा एक महिने विशेष प्रहरी अभियान आइतबारदेखि सुरु भएको छ। बलात्कार र महिलामाथि हुने यौनजन्य घटना बढ्न थालेकाले त्यसलाई कम गर्न उद्देश्यले अभियान सुरु गरिएको हो।

    जिल्लामा यौनजन्य घटना, महिलामाथिको दुव्र्यवहार र अपराधिक घटनामा वृद्धि भएको तथ्यांकमा देखिएकाले अभियान थालिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए। ‘झापामा बलात्कार र यौनजन्य क्रियाकलाप प्रमुख चुनौतीको रुपमा देखिएको छ,’ उनले भने, ‘प्रहरीलाई टोलटोलमा खटाएर आम नागरिकको सहकार्यमा यस्ता घटनालाई रोकथाम गर्ने छौं।’ 

    जिल्लाभरीका इलाका, वडा, सीमा र प्रहरी चौकीहरुबाट परिचालन हुने प्रहरीको नेतृत्व प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले गर्ने जनाइएको छ। झापामा गत आर्थिक  २०७४÷०७५ मा १०६ जनाविरुद्ध ९९ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका थिए। जबरजस्ती करणीमा ३४ जनाविरुद्ध ३४ वटा मुद्दा दर्ता भएका थिए। चालु आर्थिक वर्षको साउन महिना मात्र २४ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएको प्रहरी कार्यालय झापाले जनाएको छ। 

    २३५ प्रहरी परिचालन 

    बलात्कार तथा महिलामाथि हुने यौनजन्य घटना रोकथामका लागि जिल्लाभर परिचालन गरिएको विशेष प्रहरी अभियान टोलीमा २३५ प्रहरी खटाइएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार ५० जना सादा पोशाक, ५० वटा मोटरसाइकल गस्ती टोलीमा १०० जना, सात वटा छानबिन तथा तलासी लिने टोलीमा ३५ जना, सात वटा पैदल गस्तीमा ३५ जना र अनुसन्धान टोली १५ जना प्रहरी खटाइएको छ। 

    प्रहरी उपरीक्षक ढकालका अनुसार टोलटोलमा खटिएका टोलीले यौनजन्य घटना र यसका कारक तत्वबारे तथ्य संकलन गरी विश्लेषण गर्ने, घटनाहरु हुने र हुन सक्ने ठाउँहरुको पहिचान गरी प्रभावकारी निगरानी गर्न जनशक्ति परिचालन गर्ने, अभियुक्तहरुलाई तत्काल पक्राउ गर्नेछन्।  यस्तै, पीडित, पीडितका आफन्त र आम नागरिकलाई सुरक्षाको थप अनुभूति दिलाउने र सम्भावित पीडकको पहिचान गरी निगरानी गर्नेछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]