समाज : सुरक्षा/अपराध

अभियुक्तलाई अदालत लाने झन्झट हट्यो, भिडियो कन्फरेन्सबाटै म्याद थप

भदौ ४, २०७५

    बारा : प्रहरीले बारामा पहिलो पटक भिडियो कन्फरेन्स मार्फत अभियूक्तको म्याद थप गरेको छ। ईलाका प्रहरी कार्यालय सिमराले सार्वजनिक अपराध मुद्धाका अभियुक्तहरु जितपुरसिमरा उपमहानगरपालिका –२० बस्ने बर्ष १८ चाँद महमद, वर्ष २० का सलामुद्दिन मिया र २१ बय समशेर अन्सारीलाई आइतबार भिडियो कन्फरेन्सको माध्यमबाट जिल्ला अदालत कलैयाबाट थप अनुसन्धानको लागि म्याद थप गराएको हो।

    अभियुक्तहरुलाई म्याद गर्न अदालतमा लैजाने क्रममा उत्पन्न हुने समस्याको अन्त्य गर्न जिल्ला प्रहरी कार्यालय बाराको समेत समन्वयमा जिल्लामा पहिलो पटक भिडियो कन्फरेन्समार्फत अदालतबाट म्याद थप गराईएको इलाका प्रहरी कार्यालय  सिमराका प्रहरी निरीक्षक शुवाष हमालले बताए।

    प्रहरी निरीक्षक हमालका अनुसार जिल्ला अदालतमा रहेको प्रहरी युनिटका प्रहरी कर्मचारी प्रहरी सहायक निरीक्षक ओपन्द्र थापाले फाइल पेश गरेपछि ६ नम्बर न्यायधिस कृष्ण साहले अदालतको आइटि सेक्शनबाट अभियुक्तहरुसंग भिडियोमा कुराकानी गरेका थिए।

    इलाका प्रहरी कार्यालय सिमराबाट भने निरीक्षक हमाल स्वंमले नै अभियुक्तहरुलाई कम्प्युटरबाट न्यायधिससंग कुराकानी गराउन सहयोग गरेका थिए। उनले करिव १० मिनेटमा नै म्याद थपको प्रकृया पुरा भएको पनि जानकारी दिए। प्रहरीले अदालतबाट ५ दिनको म्याद थप लिएर अनुसन्धान जारी राखेको जनाएको छ

    ‘बाटोमा सुरक्षाको दृष्टिकोणले चुनौती हुने गरेको छ,’ प्रहरी निरीक्षक शुभाष हमालले भने–‘खतरा न्युनीकरण र साधन स्रोत वचत गर्न समेत मद्दत पुगेको छ।’ भिडियो कन्फेन्समार्फत म्याद थपको व्यवस्था मिलाइएपछि मुद्दाको अनुसन्धानमा थप प्रभावकारिता आउने प्रहरीको दावी छ। अदालत टाढा पर्ने र अभियु्क्तलाई ल्याउने लैजाने झन्झटबाट सजिलो भएको प्रहरीको भनाई छ।

    बारा जिल्ला अदालत इलाका प्रहरी सिमराबाट दक्षिणपुर्वमा करिब ३१ किलो मिटर टाढा रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]