समाज

सडक मर्मत नहुँदा दुई महिनादेखि सदरमुकाममै यातायात बन्द

बिरामीलाई बोकेर अस्पताल लानुपर्ने बाध्यता

भदौ ४, २०७५

    जाजरकोट : बाढी पहिराले सडकमा क्षति पुर्‍याएपछि जिल्लाका अधिकांश क्षेत्रमा दुई महिनादेखि यातायातका साधन सञ्चालन हुन सकेको छैन। जाजरकोट–डोल्पा सडकको खलंगा खण्डको ठाउँ–ठाउँमा पहिरो खसेपछि सदरमुकामै यातायात सञ्चालन बन्द भएको छ। उक्त खण्डको खहरे खोलादेखि थाप्लेचौरसम्मको दुई किलोमिटर दूरीको करिब एक दर्जन ठाउँमा भत्किएका सडक मर्मत नहुँदा सदरमुकाम खलंगामा एक महिनादेखि यातायात सञ्चालन अवरुद्ध भएको हो।

    खलंगाको खहरेखोला, न्युरोड, भेलाले, रेडक्रस भवनलगायत स्थानमा सडक भत्किएको छ। रेडक्रस भवन, भेलाले लगायत स्थानमा मान्छे हिँड्ने बाटो समेत नभएको स्थानीय व्यापारी चित्रबहादुर बोहोराले बताए।

    सडक अवरुद्ध भएपछि सदरमुकाम खलंगा बजारमा दैनिक उपभोग्य वस्तु आपूर्तिमा समेत कठिनाइ भएको छ। सडक डिभिजन कार्यालय चौरजहारीले सडक मर्मतमा चासो दिएको छैन। प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सडकको तत्काल मर्मत गर्न सम्बन्धित निकायमा ताकेता गरेको बताए। उनले सडक डिभिजन, स्थानीय तह, सम्बन्धित व्यवसायी लगायतलाई छिटो काम गरेर सडक सञ्चालनमा ल्याउन लिखित तथा मौखिक ताकेता गरेको बताए ।

    यस्तै, खलंगा–पाँचकाटिया सडक पनि वर्षासँगै खसेको पहिरो, हिलो र खाल्टाखुल्टीका कारण दुई महिनादेखि अवरुद्ध छ। सडक अवरुद्ध हुँदा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भएको छ भने जाजरकोट भएर डोल्पा र रुकुम जाने यात्रु तथा व्यारीहरु समेत मारमा परेका छन्।

    यातायातका साधन नचल्दा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिमा पनि समस्या भएको छ। घोडा, खच्चड र भरियाको माध्यमबाट ढुवानी गरिएको खाद्यान्नको मूल्य आकासिएको स्थानीयको गुनासो छ। यातायातको साधन बन्द भएपछि बिरामीलाई बोकर स्वास्थ्य संस्थासम्म पुर्‍याउनुपर्ने बाध्यता आएको बारेकोट–१, रामीडाँडाका दलबहादुर बुढाले गुनासो गरे। 

    खलंगादेखि उत्तरी भेगका बारेकोट, कुशे, जुनीचाँदे, मजकोट, कार्कीगाउँ, बाटुले, दशेरा, सीमा लगायतका बासिन्दा सडक सञ्चालन नहुँदा बढी मर्कामा परेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]