धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
काठमाडौंः राष्ट्रियसभा सदस्यहरुले मुलुकका विभिन्न स्थानका बाढी पहिरो पीडीतलाई तत्काल राहत र विस्थापित परिवारलाई पुर्नस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै उनीहरुले मुलुकका विभिन्न स्थानमा बर्षासंगैको बाढी पहिरोका कारण ठुलो धनमालको क्षति हुनुको साथै केहीले ज्यान गुमाएको र कयाँै विस्थापित भएकाले तत्काल सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले बाजुरा जिल्ला विभिन्न स्थानमा बाढी र पहिरोका कारण केहीको मृत्यु भएको र कयौ परिवार विस्थापित भएको भन्दै पीडीतलाई राहत र विस्थापितको पुर्नस्थापनामा सरोकारवाला निकायले चासो नदिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए।
प्रदेश, संघ र स्थाीयतहबीच समन्वय हुन नसक्दा पीडीतले राहत नपाएको र विस्थापितहरुलाई सुरक्षित आवासको व्यवस्था मिलाउन नसकिएको भन्दै सरोकारित निकायबीच समन्वय गर्न आग्रह गरे।
राष्ट्रियसभा सदस्य सिंह बहादुर विश्वकर्माले सिन्धुपाल्चोकको बाह्रबिसेस्थित सांधीखोला पुल बाढीले बगाउँदा नजिकका गाउको सम्पर्क विच्छेद भएको भन्दै सो स्थानमा तुरुन्तै बेलीब्रिज पुल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए।
राष्ट्रियसभा सदस्य युटोल तामाङ्गले मुगुको आईतबार किमनी गाउमा भीषण आगलागी भएको भन्दै पीडीतलाई तत्काल राहतको व्यवस्था गर्न माग गरे। उनले जिल्लामा आवश्यक सडक सुविधा पुर्याउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
राष्ट्रियसभा सदस्य रमेश जंग रायमाझीले खेती लगाउने समयमा तराईका किसानले युरिया, डिए पी लगायत मल उपलब्ध नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए। किसानलाई सहज सिंचाई र ऋणको व्यवस्था मिलाउन पनि उनको आग्रह थियो।
त्यसैगरी, खेमराज नेपाली प्रदेश नम्बर १ मोरङ्ग जिल्ला को लेटाङ्गस्थित एक स्कुलको पानी ट्यांकीमा विषाधी मिसाउने अपराधीलाई तुरुन्तै पत्ता लगाई हदै सम्मको कारवाही गर्न माग गरे। घटना भएको लामो समय भईसक्दा पनि अपराधी पत्ता लगाउन नसकिएको भन्दै उनले छानविन र अनुसन्धानलाई प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।