काठमाडौं : विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति&...
काठमाडौं : रेखा थापा अभिनित फिल्म 'मालिका'को नयाँ गीत रिलिज भएको छ। युट्युबमार्फत् सार्वजनिक गरिएको 'सरसर' बोलको गीतमा सुरेश अधिकारीको संगीत तथा शब्द रहेको छ। आस्था राउतको स्वर रहेको गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार रेखा थापा र कमल वली फिचरिङ छन्।
कार्तिक २१ गतेबाट प्रदशर्नमा आउने फिल्मलाई नायिका रेखा आफैँले निर्देशन गरेकी हुन्। फिल्मको छायांकन जाजरकोटसहित काठमाडौं, बनेपा, बाँकेलगायतका क्षेत्रमा गरिएको छ।
नरबहादुर कार्कीको कथा रहेको फिल्ममा शिवम अधिकारीको पटकथा रहेको छ। 'रेखा फिल्मस्'को व्यानरमा निर्माण भएको फिल्ममा नरबहादुर कार्कीको लगानी छ। सरस्वती थापा र तारा थापा पनि फिल्मका निर्माता हुन्।
हेर्नुहोस् गीत :
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।