समाज

बाढीले ३ घर बगायो, दर्जन बढी जोखिममा

भदौ ४, २०७५

    रुकुम : अविरल वर्षासँगै सुवाखोलामा आएको बाढीले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ११ धुल्सेनीमा तीनवटा घर बगाएको छ। स्थानीय बलबहादुर दमार्इं, वीरजीत कामी र मने कामीको घर बाढीले पूर्ण रूपमा क्षति गराएको हो।

    बाढीका कारण त्यस क्षेत्रका १७ घर उच्च जोखिममा रहेका छन् भने सोही स्थानमा रहेका ३५ बढी घर परिवारहरू पनि प्रभावित बनेका छन्। सयौँ मुरी धान फल्ने खेतहरू समेत बाढीले कटान गरेर लगेको इलाका प्रहरी कार्यालय आठबीसकोटले जनाएको छ।

    त्यस क्षेत्रमा बाढी आउन सक्ने पहिले नै अनुमान भएको र स्थानीयहरूले घरहरूमा भएका सरसामानहरू अन्यत्र सारेका कारण धनजनको भने क्षति हुन पाएन।

    रातको समयमा नियमित पानी परिरहेका करण सम्भावित क्षेत्रमा झनै जोखिम बढेको स्थानीय दलजीत विकले बताए। आठबीसकोट नगरपालिकाले डोजर लगाएर बाढी पन्छाउने काम भने गरिरहेको छ। बाढीपीडितलाई नगरपालिका र रेडक्रसले प्रारम्भिक राहत पनि वितरण गरेको जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]