समाज

वाग्मतीको धापमा दह निर्माण

भदौ ४, २०७५

    काठमाडौं : हिउँदको समयमा प्राय: प्रदूषित हुने वाग्मती सफा गर्नका लागि वर्षातको पानी जमाउने उद्देश्यले दह निर्माण गर्न थालिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले वाग्मतीको ९० प्रतिशत पानी खानेपानीका लागि उपयोग गरेकाले हिउँदका बेला नदीमा ढल मात्र बग्ने गरेको छ। उपत्यकाको सभ्यताको स्रोतको रूपमा रहेको उक्त नदीमा बग्ने ढल रोकी स्वच्छ पानी बगाउने उद्देश्यले दह निर्माण गर्न थालिएको हो। 

    उपत्यकामा धेरै घर बनेकाले जमिनबाट वाग्मतीमा पानी पुन: भरण हुँदैन। ‘जापान वाटर एजेन्सी’लगायत संस्थाले वाग्मतीको अध्ययन गरी धापमा दह निर्माण गर्न सके वर्षातमा साढे आठ लाख घनमिटर पानी जम्मा गर्न सकिने प्रतिवेदन दिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सिँचाइ एकाई प्रमुख आशिषभद्र खनालले बताए। 

    गोकर्णेश्वर नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा वर्षाको पानी जमाउनका लागि रूख काट्ने अनुमति लिन समय लागेकाले २०७४ बैशाखदेखि मात्र काम सुरु भएको थियो। दह निर्माणपछि हिउँदमा ४० लिटर प्रतिसेकेण्ड पानी वाग्मती नदीमा बगाउन सकिने उनको भनाइ छ। प्रदूषित बन्दै गएको उक्त नदीमा महाशिवरात्रिलगायत अन्य महत्त्वपूर्ण चाडपर्वमा पानीको बहाव बढाएर सफा बनाउन तीन दिनसम्ममा ७०० लिटरसम्म पानी बगाउन सकिने जनाइएको छ। 

    एसियाली विकास बैंकको ५१ करोड रुपैयाँ ऋण सहयोगमा २४ मिटर उचाइको दह निर्माण गरिनेछ। दहको ठेक्का गोञ्जाओ-लामा-रमण जेभी निर्माण कम्पनीले लिएको छ। दह निर्माणस्थलमा जाने प्रवेशमार्ग बनाइसकिएको छ भने अहिले गहिराइमा ढुंगा र बालुवा भर्ने काम भइरहेको छ। वाग्मतीको सहायक नागमती नदीमा पनि दह निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ। नागमतीमा ९४ मिटर उचाइको दह बनाउन विस्तृत आयोजना प्रतिवेदन तयार भई वातावरणीय प्रभाव मूल्यांकनका लागि वन मन्त्रालयमा निवेदन पेस गरिसकिएको बताइएको छ। आउँदो बैशाखसम्ममा दह निर्माण गरिने जनाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]