राजनीति

अाफ्नाे तलवकाे रकम विकास निर्माणमा खर्चिने वडा अध्यक्षकाे घोषणा

भदौ ४, २०७५

    जनकपुरधाम : उप-महानगरपालिकाका एक वडा अध्यक्षले हालसम्म आफूले तलव भत्तास्वरुप पाउने रकम विकास निर्माणको कार्यमा खर्चगर्ने घोषणा गरेका छन्। जनकपुरधाम उप-महानगरपालिका-४ का वडाध्यक्ष सुदर्शन सिंहले आफ्नो सम्पूर्ण तलब भत्ताको रकम विकास निर्माण तथा समाज सेवामा खर्च गर्ने घोषणा गरेका हुन्।

    सोमबार बिहान पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष सिंहले आफू निर्वाचित भएको दश महिनाको अवधिमा आफूले पाएको तलब भत्ताको सम्पूर्ण रकम विकास निर्माणको कार्यमा लगानी गर्ने घोषणा गरेको हो। विगत १० महिनामा तलव वापत्त पाएको तीन लाख ५० हजार र भत्तावापत पाएको ४५ हजार गरी जम्मा तीनलाख ९५ हजार विकास निर्माणमा खर्च गर्ने घोषणा गरेको हो।

    जनकपुर उप-महानगरपालिकाको जम्मा २५ वटा वडा मध्ये सब भन्दा बढी जनसंख्या र क्षेत्रफलको हिसावले वडा ४ भएकोले उप-महानगरपालिकासँग थप बजेटको माग समेत गरे। उप-महानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा २५ वटै वडामा विकास निर्माणमा खर्च गर्न ५१ लाखको दरले विनियोजन गरे पनि वडा-४ सबभन्दा बढी १५ हजार १३३ जनसंख्या र सबभन्दा बढी सडक भएकोले थप रकमको माग गरे। उनले भने, ‘प्रत्येक वर्ष वडामा कम्तिमा दुईकरोड विनियोजन गर्दा उपयुक्त हुनेछ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]