राजनीति

प्रकाण्डलाई २४ घण्टाभित्र हाजिर गराउन सर्वोच्चको आदेश

भदौ ४, २०७५

    काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको छ। प्रकाण्डका भाइ वीरेन्द्र विश्वकर्माले दिएको रिटमा सुनुवाइ गर्दै बाटोको म्यादबाहेक २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको हो।

    न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रकाण्डलाई सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट किन जारी हुनु नपर्ने हो, त्यसको प्रमाणसहित बन्दीलाई सशरीर अदालत उपस्थित गराउन आदेश दिएको छ।

    यसअघि चन्दा संकलनको आरोपमा पक्राउ परेका प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिट जारी गर्दै रिहा गर्न आदेश दिएको थियो। तर रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले फेरि पक्राउ गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]