काठमाडौँ : ललितपुरको ढोलाहिटीमा रेष्टुरेन्टु सञ्चालकले छुरा प्रहार गरेर दुई युवाको हत्या गरेको खुलेको छ। होली खेल्ने क्रममा दुई समूहबीच ...
काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४१ वर्षीय दीलिपसिंह विष्ट रहेको कञ्चनपुर प्रहरीले जनाएको छ। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र कञ्चनपुर प्रहरीको टोलीले साेमबार भीमदत्त नगरपालिका-१९ बाँगफाँटाबाट पक्राउ गरेको हो।
विष्ट यसअघि पनि हत्या अभियोगमा २०६५ मा जेल परेका व्यक्ति भएको प्रहरीको भनाई छ। उनले साउन १० गते साँझ साथीको घरबाट फर्किदै गर्दा निर्मलाको बलात्कार पछि हत्या गरेको प्रहरीको भनाई छ।
पन्तको हत्याराको कारवाहीको मागसहित संसदमा समेत आवाज उठेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।