समाज : सुरक्षा/अपराध

करणी गरेकोआरोपमा सात पक्राउ

भदौ ४, २०७५

    चितवन : चितवन प्रहरीले बालिकालाई सामूहिक करणी गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ। एक बालिकालाई सामूहिक करणी गरेको आरोपमा पाँच जना र अर्की एक बालिकालाई छुट्टै स्थानमा करणी गरेको आरोपमा दुई गरी सात जनालाई पक्राउ गरिएको चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए।

    उनीहरू विरुद्ध जवरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको आचार्यले जानकारी दिए। पक्राउ परेका पाँच जनाले गत साउन ३० गते राति भरतपुर महानगरपालिका ११ की १७ वर्षीया बालिकालाई सामूहिक करणी गरेको आरोप छ।  

    यसरी पक्राउ पर्नेमा  नवलपुरको गैडाकोट नगरपालिका ४ की २१ वर्षीय युवराज सारु मगर, सोही ठाउँका १९ वर्षीय सैन्थील धिमाल, चितवन भरतपुुर ११ का २० वर्षीय आकाश थापा, भरतपुर २९ का ३५ वर्षीय अर्जुन विक र अर्का १७ वर्षीय युवा रहेको प्रहरीले जानकारी दिएको छ। बालिकालाई नारायणगढ पुल्चोक पुर्‍याइदिने भन्दै म्याजिक गाडीमा राखी दिनभर घुमाएर राती भरतपुर ११ स्थित डिएसएम मिनरल वाटर कम्पनीमा लगेर सामूहिक बलात्कार गरेको भन्दै उनीहरूविरुद्ध लिखित जाहेरी परेकाले उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

    यसैबीच गत साउन ३१ गते दक्षिण चितवनको माडी नगरपालिका ३ बघौडामा १५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा थप दुई जनालाई समेत पक्राउ गरिएको छ।

    पक्राउ पर्नेमा सोही ठाउँका २३ वर्षीय रामप्रताम महतो र २४ वर्षका नवराज महतो रहेको प्रहरीले जनाएको छ। साथीसँग घरतर्फ जान लागेको अवस्थामा मोटरसाइकलमा आएका नवराज महतो घर पुर्‍याइदिने भनी एकान्तमा लगेर दुवै जनाले पालैपालो जवरजस्ती करणी गरेको लिखित जाहेरी परेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]