मनोरञ्जन

'चुलेसी'को भिडियो 'रिमेक'

भदौ ४, २०७५

    काठमाडौं : गीतकार\गायक सुनील वर्देवाको सम्झनामा सुनोद श्रेष्ठले म्युजिक भिडियो ल्याएका छन्। वर्देवाद्वारा कम्पोज गरिएको 'चुलेसीमा' बोलको गीत संजिव सिंहले गाएका हुन्।

    गीतमा प्रकट पंगेनीको शब्द रहेको छ। सुनोद श्रेष्ठले निर्देशन गरेको भिडियोमा उनी आफैँ र मोडल एन्जिमुल्मि श्रेष्ठको अभिनय रहेको छ। 'रिमेक' गरिएको भिडियो अष्ट्रेलियाको मेल्बर्नमा छायांकन गरिएको हो। उक्त भिडियो भीमगोपाल इन्टरटेन्टमेन्टले उत्पादन गरेको हो।

    ´गीत आएको १८ वर्षपछि भिडियो रिमेक गरिएको हो। यसको उद्देश्य आदरणीय सुनील दाईको सम्झना हो´, सुनोदले भने। सुनोदले यसअघि बिर्सन सक्दिनँ, सात समुन्द्र पारीलगायत आधा दर्जन गीतको भिडियो 'रिमेक' गरेका थिए। श्रेष्ठ एस इभेन्टस एण्ड मल्टिमिडिया कम्पनी मार्फत नेपाली गीतसंगीत तथा प्रवर्द्धनमा सक्रिय छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]