राजनीति

प्रदेश र जिल्लाको एकीकरण प्रतिवेदन ७ गतेभित्र पठाउन नेकपाको निर्देशन

भदौ ४, २०७५

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टीको प्रदेश र जिल्ला तहको सांगठानिक एकीकरणका निम्ति गठन भएको कार्यदललाई भदौ ७ गतेसम्म प्रतिवदेन बुझाउन निर्देशन दिएको छ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सबै प्रदेश तथा जिल्लामा गठिन कार्यदललाई भदौ ७ गतेभित्र अनिवार्य प्रतिवेदन बुझाउन निर्देशन दिएको हो।

    यसअघि पार्टीले कार्यदललाई साउन मसान्तको समय दिएको थियो तर यो समयमा केही प्रदेशले एकीकरण प्रक्रिया टुंगो लगाउन नसकेकाले भदौ ७ सम्मको म्याद थपिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। अब प्रदेश १ र २ बाट प्रतिवेदन आउन बाँकी छ। प्रतिवेदन आएका अन्य प्रदेशमा पनि समितिको संख्या टुंगिए पनि नेतृत्वको विवाद छ।

    जिल्ला तथा प्रदेशमा पार्टी एकीकरणाका लागि ७७ वटै जिल्ला र सातै प्रदेशमा कार्यदल बनेको छ। जिल्लाहरूले प्रदेशमार्फत केन्द्रमा प्रतिवेदन पठाउने छन्। ७ गतेभित्र मिलिसकेको भए मिलेको र विवाद नमिलेको भए जस्ताको त्यस्तै केन्द्रमा पठाउन निर्देशन दिएको छ। 

    यसैबीच प्रतिवेदन ढिला आएका कारण भदौ ८ र ९ गतेका लागि बोलाइएको स्थायी समिति बैठक भदौ १९ र २० गतेका लागि सारिएको प्रवक्ता श्रेष्ठले बताए। उक्त बैठकमा पार्टीको जिल्ला तथा प्रदेशको एकता प्रक्रिया टुंगोमा पुर्‍याउने, जनवर्गीय संगठनको एकतालगायत विषयमा छलफल हुने छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]