समाज

करेन्ट लागेर एक युवाको मृत्यु

भदौ ४, २०७५

    खोटाङ : करेन्ट लागेर खाेटाङमा एक युवाको मृत्यु भएको छ। जिल्लाकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -११ खार्मीस्थित साब्रुका पूर्णकुमार गुरुङको सोमबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।

    नजिकैको विजुलीको पोलबाट आफ्नो घरमा विद्युत जोड्ने क्रममा गुरुङलाई दिउँसो करिब १२ बजे करेन्ट लागेको थियो। छिमेकी गणेश परियारका अनुसार स्थानीय लमजुङ खोला लघु जलविधुत आयोजनाबाट वितरण गरिएको विजुलीको पोलबाट तार टाँग्ने क्रममा करेन्ट लागेकाे थियाे। 

    विजुलीको तारमा झुन्डिन पुगेका गुरुङलाई छिमेकीले सुकेको बास प्रयोग गरी विजुलीको तारबाट छुटाएका थिए। परियारका अनुसार घटना लगत्तै नजिकैको जालपा सामुदायिक अस्पताल पुर्‍याई उपचार गर्ने क्रममा गुरुङको मृत्यु भएको थियो। 

    ३१ वर्षीय पूर्ण कुमारका दुई छोरा र श्रीमती छन्। जिल्ला प्रहरी कार्यालय खोटाङका डिएपी राजकुमार केसीले भने घटनाको विषयमा आधिकारिक जानकारी नआएको र घटनाबारे थप बुझ्नका लागि प्रहरी टोली त्यसतर्फ खटाइएको जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]