छापा

नेपालको बिजुली अब मलेसिया र सिंगापुरमा

भदौ ५, २०७५

    नयाँदिल्ली : झट्ट सुन्दा अचम्म लाग्छ। यही ३०–३१ अगष्टमा काठमाडौंमा हुन गइरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास(बिमस्टेक) को चौथो सम्मेलनमा ‘ग्रिड कनेक्टिभिटी’ (विद्युत् प्रसारण लाइन सञ्जाल) सम्बन्धी सम्झौतामा हस्ताक्षर भए नेपालमा उत्पादित बिजुली सिंगापुरसम्म पुर्‍याउन धेरै वर्ष लाग्ने छैन।

    कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा भनिएको छ, बिमस्टेकअन्तर्गत निर्माण गर्ने भनिएको क्षेत्रीय प्रसारण लाइनमार्फत् थाइल्याण्डसम्म पुगेको बिजुली आसियन पावर ग्रिडमार्फत मलेसिया र सिंगापुरसम्म निर्यात गर्न सकिनेछ।

    हाल आसियन पावरग्रिडमार्फत् लाओस्, मलेसिया र सिंगापुरसम्म आपूर्ति भइरहेको छ। भारतका लागि थाइल्याण्डका राजदूत छुतिन्तोन गोंग्साक्डीले पनि बिमस्टेक ग्रिड कनेक्टिभिटी सम्झौतापछि नेपाललगायतबाट पनि बिजुली आयात गर्न बाटो खुला हुने बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]