छापा

अाधारभूत स्वास्थ्यसेवा नदिए ५० हजार जरिवाना

फाइल फोटो
भदौ ५, २०७५

    काठमाडौं : बिरामीलाई आधारभूत स्वास्थ्यसेवा नदिए सम्बन्धित स्वास्थ्य संस्थाले ५० हजार क्षतिपूर्ति तिनुपर्ने व्यवस्था गर्न लागिएको छ। सरकारले ऐनमार्फत नागरिकको आधारभूत स्वास्थ्यको अधिकार सुनिश्चित गर्न लागेको हो।

    नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारअनुसार यो व्यवस्थासहितको राष्ट्रिय स्वास्थ्य ऐन, २०७५ को मस्यौदा तयार भएको हो। समयमा स्वास्थ्य उपचार नपाएको गुनासो बिरामी र बिरामीका आफन्तबाट बारम्बार आएपछि ऐनमार्फत स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    ‘स्वास्थ्य मन्त्रालयले तयार पारेको विधेयक संसदबाट पारित भए संविधानको धारा ३५ अन्तर्गतको मौलिक हकमा व्यस्था भएको निःशुल्क आधारभूत स्वास्थ्यसेवा कार्यान्वयनमा आउनेछ’, मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]