समाज

पहिरोले पाइप बगाउँदा ५०० परिवार खानेपानीबाट बञ्चित

प्रतीकात्मक फोटो
भदौ ५, २०७५

    सल्यान : पहिरोले  खानेपानीको पाइप बगाउँदा सात गाउँका सयौँ परिवार खानेपानीबाट बञ्चित भएका छन्। पहिरोले खानेपानीको पाइप बगाउँदा छत्रेश्वरी गाउँपालिकाका झिम्पेको तारुपारे, लेखपोखराको महानेटा, मैनेरी, सेतामारे, पोखरा, दियार गाउँ, पाखापानीका करिब ५०० घर खानेपानीबाट बञ्चित भएका हुन्।

    छत्रेश्वरी गाउँपालिका–४ झिम्पे खर्सुबासबाट वडा नम्बर ५ लेखपोखरा ल्याइएको खानेपानीको पाइप अविरल वर्षासँगै गएको पहिरोले बगाएको हो। डोबरा खोलामा राखेको पाइप पहिरोले बगाएपछि खानेपानी अवरुद्व भएको खर्सुबास–लेखपोखरा खानेपानी आयोजनाका अध्यक्ष डिल्ली ओलीले बताए। १६ पटा पाइप पहिरोले बगाएपछि खानेपानी सञ्चालन गर्न समस्या भएको ओलीको भनाइ छ। पाइप बगाएपछि त्यस क्षेत्रका सर्वसाधरण खोला तथा कुवाको पानी खान बाध्य छन्।

    घर नजिकै खोला तथा कुवा नभएको ठाउँमा घण्टौँको दूरीमा गएर पानी ल्याउने गरेको स्थानीय शेरबहादुर बिकले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]