स्वास्थ्य

क्षमताभन्दा बढी बिरामी आएपछि भुइँमै राखेर उपचार

भदौ ५, २०७५

    अर्घाखाँची : जिल्ला अस्पताल अर्घाखाँचीमा बिरामीको चाप बढेपछि उपचारमा समस्या भएको छ। अस्पतालको क्षमताभन्दा बढी बिरामी उपचारका लागि आएपछि भुइँमा नै राखेर उपचार गरिँदै अाइएको छ।

    अस्पतलामा वेडको अभाव रहेकाले भुइँमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका प्रमुख डा. जगनान्थ तिवारीले बताए। १५ शय्याको अपस्तालमा ४७ जना बिरामी भर्ना गरी उपचार गर्नु पर्दा बेड अभाव रहेको तिवारीको भनाइ छ। ज्वरो, दमका बिरामीहरु धेरै उपचारमा आउने गरेका छन्। ओपिडीमा दैनिक १०० जना बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ। 

    अस्पतालमा ७० प्रकारका औषधि निःशुल्क पाइने भनिए पनि ३५ प्रकारका मात्र उपलब्ध हने गेको बिरामीहरुको भनाइ छ। सम्बन्धित निकायबाट सबै प्रकारका औषधि नआएकाले उपलब्ध औषधि मात्र वितरण गरिएको आस्कमिक कक्षका अहेब अशोक चौहानले बताए।

    ५ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा जिल्ला अस्पतालबाहेक सुविधा सम्पन्न अस्पताल कुनै तहमा छैन। त्यसैले बिरामीको चाप बढेको चिकित्सकहरुको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]