काठमाडौँ : लोकेश बमले धुवाँधार ब्याटिङ गर्दै शतक प्रहार गरे पनि नेपाल ए लाई तीन टी–२० खेलको शृंखलाअन्तर्गत आज (शुक्रवार) भएको पहिलो ...
इन्डोनेसियामा जारी १८औँ संस्करणको एसियन गेम्सअन्तर्गत पौडीमा नेपालका शिरीष गुरुङ हिट चरणबाट बाहिरिएका छन्। अन्य खेलाडी जस्तै शिरीषले पनि कुनै चमत्कार गर्न सकेनन्। ब्राजिलको रियो ओलम्पिक खेलिसकेका पौडीवाज शिरीषले पुरुष ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका थिए।
जकार्ता एक्वाटिक सेन्टरमा हिट २ मा प्रतिस्पर्धा गरेका शिरीष आफ्नो हिटमा तेस्रो भए पनि दोस्रो चरणमा पुग्न सकेनन्। शिरीषले २६.३३ सेकेन्डमा हिट चरण पूरा गरेका थिए। ५१ प्रतिस्पर्धी रहेको यो स्पर्धामा शिरीष समग्रमा ४६औँ स्थानमा रहे। अब शिरीषले दुई स्पर्धामा खेल्नेछन्।
यो स्पर्धामा शिरीषको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ। शिरीषले तुर्कमेनिस्तानको अस्कावादमा भएको एसियन इन्डोर तथा मार्सल आर्ट्स गेम्समा २५.४३ सेकेन्डको समय निकालेर कीर्तिमान बनाएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।