राजनीति

राष्ट्रियसभाले तीन विधेयक समितिमा पठायो

भदौ ५, २०७५

    काठमाडौं : राष्ट्रिय सभाले तीन वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

    राष्ट्रियसभाको मंगलबार बसेको बैठकले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धि पहिलो संशोधन विधेयक, २०७५, वातावरण संरक्षण पहिलो संशोधन विधेयक, २०७५ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धि पहिलो संशोधन विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा लैजाने प्रस्ताव पेश गरेकी थिइन्।

    त्यसैगरी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण पहिलो संशोधन विधेयक, २०७५ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए।

    राष्ट्रिय सभाको अर्को बैठक भदौ १२ गते मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]