समाज

विपद् व्यवस्थापनका लागि स्थायी स्रोत साधनको व्यवस्था गर्न विज्ञको सुझाव

भदौ ५, २०७५

    काठमाडौंः विज्ञहरुले विपद व्यवस्थापनका लागि स्थानीय स्रोत, साधन, ज्ञान र सीपको परिचालनमा जोड दिन सरकारलाई सुझाव दिएका छन्।

    देशका विभिन्न भागमा बाढि, पहिरो र डुबानको समस्या एकपछि अर्को थपिदै गईरहेका बेला विपद व्यवस्थापन विज्ञ सूर्यबहादुर थापाले विपद् व्यवस्थापनका लागि स्थानीय स्रोत, साधन, ज्ञान र सीपको परिचालनमा जोड दिन सरकारलाई सुझाव दिए।

    मंगलबार काठमाडौंमा आयोजित विपद् व्यवस्थापनसम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले  विपद व्यवस्थापनका लागि जोखिम न्यूनिकरणको संवेदनशीलतामा ध्यान पनि सरकारसँग आग्रह गरे। विज्ञ थापाले विपद् व्यवस्थापनका लागि सबै भूगोलमा आवश्यक विज्ञान र प्रविधिको विकास गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे।

    कार्यक्रममा बोल्दै पूर्व शिक्षा मन्त्री डा. गंगालाल तुलाधरले विपद व्यवस्थापनका लागि विद्यमान कानुन परिमार्जन गर्नुपर्ने आवश्यक्ता औंल्याए। उनले जलवायु परिवर्तनले गम्भिर खालको विपत्ति आईपर्न सक्ने भन्दै त्यसको व्यवस्थापनका ध्यान दिन पनि केन्द्र, प्रदेश र स्थानीय सरकारसँग माग गरे।

    पूर्व शिक्षामन्त्री तुलाधरले भौगोलिक जटिलताका कारण नेपालमा ठूल्ठूला विपद् आउन सक्नेतर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]