राजनीति

सरकार कुम्भकर्ण जस्तो सुत्यो : सांसद चौधरी

भदौ ५, २०७५

    काठमाडौं : सांसदहरूले एउटै विषयमा पटक पटक आवाज उठाउँदा पनि न त जवाफ दिने न त समस्या समाधान गर्ने भन्दै प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले सरकारलाई कुम्भकर्णसँग तुलना गरेका छन्।

    मंगलबार बसेको संसद बैठकको शून्य समयमा सांसद चौधरीले भने, 'माननीय सांसदज्यूहरूले बारम्बार नदी कटानका विषयमा कुरा उठाउँदा पनि यो सरकार कुम्भकर्ण जस्तो सुतिरहेको छ।' उनले गतवर्ष र यसपालि पनि सप्तरी जिल्लामा बलान नदीले सयौं विघा जमिन कटाउ गर्दाखेरी पनि नदी नियन्त्रण नगरेको बताए। उनले नदी नियमन्त्रण गरेर त्यस क्रममा भ्रष्टाचार गर्नेलाई कारबाही गर्न माग गरे।

    उनले पूर्व राजदूत केशव झाको हत्याबारे पनि संसदमा कुरा उठाएका छन्। उनले सरकार यस्ता कुरा नियन्त्रण गर्न र सुरक्षा व्यवस्था चुस्त पार्न चुकेको बताए। उनले प्रश्न गरे, 'यो सरकारले बलात्कार, हत्या, अपहरण कहिलेसम्म टुलुटुलु हेरेर बस्ने हो?' उनले थपे, ' सर्वसाधारण आतंकित बनेका छन्, गृहमन्त्रालयसँग जनतालाई आश्वस्त पार्ने के योजना छन्? संसदमा प्रष्ट पार्नुपर्‍यो।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]