राजनीति

'कहिलेदेखि यो सरकारले आफ्नो दम्भको हिसाबले जनताको सुरक्षा गर्ने हो?'

भदौ ५, २०७५

    काठमाडौं : पूर्व राजदूत केशव झा हत्याको विषय संसदमा प्रवेश गरेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले सुरक्षा व्यवस्था कमजोर भएको प्रमाणस्वरुप उक्त घटना भएको भन्दै संसदमा आवाज उठाएका छन्।

    सांसद दिव्यमणि राजभण्डारीले वर्तमान सरकार बनेदेखि नै दुःख पाएको बताएका छन्। 'यसपालिको सरकार बनेदेखि सुख र शान्ति, समृद्धिको सट्टा जनताले दुःखै-दुःख भोगिरहेको छ,' उनले भने।

    उनले कहिले बालक अपहरण त कहिले बालिका करणीका मुद्दा आएको र यसैबीच सिंहदरबार नजिकै पूर्व राजदूतको हत्याको घटनाले झन् असुरक्षा भएको बताएका छन्। उनले भने, 'काठमाडौं सिंहदरबार नजिकै वृद्ध केशव झाको हत्या भएको छ। बालक र महिला बाहेक वृद्ध प्रतिष्ठित मान्छेको समेत जिउ ज्यानको सुरक्षा छैन।'

    उनले थपे, 'कहिलेदेखि यो सरकारले आफ्नो दम्भको हिसाबले जनताको सुरक्षा गर्ने हो?'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]