समाज : सुरक्षा/अपराध

पूर्व राजदूतको हत्या अभियोगमा पक्राउ परेकालाई ५ दिन थुनामा राख्न आदेश

भदौ ५, २०७५

    काठमाडौं: सोमबार आफ्नै कोठामा मृत भेटिएका पूर्वराजदूत केशवराज झाको हत्या भएको २४ घण्टा वितेको छ। तर, प्रहरीले झाको हत्या कसले र किन गर्‍यो त्यो पत्ता लगाउन सकेको छैन। 

    हत्याको आशंकामा प्रहरीले झाकै घरमा सुरक्षा गार्ड गर्दै आएका सानु तामाङ र दुई जना मालीलाई नियन्त्रण गर्नु बाहेक अरु प्रगति विवरण केही गरेको छैन।

    अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीले भने घटनाबारे प्रहरीको अनुसन्धान जारी रहेकाले अहिले नै सबै कुरा भनि हाल्न हतार हुने बताए। घटनाको काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ।

    परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहन थापाका अनुसार पक्राउ परेका तीनै जनालाई सार्वजनिक अधिकारीको अवज्ञा सम्बन्धी कसुर अन्तर्गत ५ दिन म्याद पथ गरेर थप अनुसन्धान भइरहेको बताए। 

    सोमबार ८० वर्षीय झाको टाउको र घाँटीमा चक्कुले हानेको अवस्थामा शव फेला परेको थियो। झाको घर भित्र पस्ने ढोका सबै लक भएपनि झा सुत्ने झ्यालको जाली काटेर उनको हत्या गरिएको प्रहरीको अनुमान छ। झा बबरमहलस्थित घरमा पत्नी र सहयोगीसहित बस्दै आएका थिए।

    झाले नेपालको परराष्ट्र क्षेत्रमा ३४ वर्ष सेवाका क्रममा शिष्टाचार महापाल तथा राजदूतको जिम्मेवारी पूरा गरेका थिए। उनी २०४९ सालमा फ्रान्सका लागि नेपाली राजदूत बनेका थिए। झा विश्व सम्बन्ध परिषदका पूर्व अध्यक्ष पनि हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]