राजनीति

नेकपाका सांसदको प्रश्न : पावनस्थल मण्डलामा नांगा प्रदर्शन गर्न हुन्छ कि हुँदैन?

भदौ ५, २०७५

    काठमाडौं : सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले माइतीघर मण्डला नांगो भएर प्रदर्शन गर्ने ठाउँ नभएको बताएका छन्।

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले माइतीघर मण्डला पावन भूमी भएको र नांगो भएर प्रदर्शन गर्ने ठाउँ नभएको बताए। केहीदिन अघि महिलाहरूले बलात्कारीलाई फासीको माग गर्दै माइतीघर मण्डलामा पेटीकोट लगाएर अर्धनग्न रुपमा प्रदर्शन गरेका थिए।

    उनले प्रश्न गरे, 'आज नांगा प्रदर्शनहरू मण्डलाजस्तो पावन गर्न हुन्छ कि हुँदैन?' माइतीघर मण्डला पावन भूमी रहेको भन्दै उनले थपे, 'मण्डला भनेको खुरुखुरु उफ्रिने ठाउँ हो कि पावन भूमि मण्डलाप्रतिको सम्मान नतमस्तक हुँदै सम्मान गर्ने थलो हो? निरन्तर एकोहोरो सरकारको विरोध गर्नुमात्रै लोकतन्त्र हो कि सरकारका सकरात्मक पक्षहरूको पक्षपोषण गर्नुपनि आजको दायित्व हो?'

    उनको भनाइमा कांग्रेस सचेतक पुष्पा भुसालले नियमापत्ति जनाएकी थिइन्। उनले संसदमा नांगो शब्द प्रयोग गरेर नारी अस्मिताको खिल्ली उडाएको बताएकी थिइन्।

    सांसद अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधी भनेर आक्षेप लगाइएको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, 'प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधी भनेर गम्भीर कुरा उठाइएको छ।' उनले प्रतिपक्षी दलले आफूलाई संघीयताको पक्षधर भन्दा संविधान जारी गर्दाको बखत स्मरण गराएका थिए।

    स्थानीय तहले लगाएका करको विषयमा प्रधानमन्त्रीलाई जोडेकोमा सांसद अधिकारीको आपत्ती थियो। उनले भने, 'प्रतिपक्षी दलबाट निर्वाचित स्थानीय तहमा कुखुरा र निगुरोमा समेत कर लगाएर प्रधानमन्त्रीलाई यस्तो आरोप लगाएको छ।' उनले प्रदेश सरकार र स्थानीय तहका समस्याबारे सरकार जानकार रहेको बताए। संघीयता र लोकतन्त्रलाई करसँग जोडिएकोमा उनको आपत्ति थियो। उनले कर स्वभाविक रुपमा पहिलोपटक जारी भएको र संघीयताको अभ्यास भएको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]