समाज

पहिरोको उच्च जोखिममा बैतडीका चार स्थानीय तह

भदौ ५, २०७५

    बैतडी : जिल्लाका ४ स्थानीय तहहरू पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला विपद व्यवस्थापन समितिले तयार पारेको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौंडी नगरपालिका र मेलौली नगरपालिका पहिरोको उच्च जोखिममा रहेका छन्। 

    विभिन्न प्रकोपको हिसावले जिल्लाका अन्य स्थानीय तहमा जोखिम रहेको भए पनि चारओटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेका बताइएको छ। मुख्य गरेर चार ओटा स्थानीय तहमा पहिरोका जोखिम अन्य ठाउँको तुलनामा बढी रहेको विपद व्यवस्थापन योजना निर्माणमा संलग्न पहल कार्यक्रमका संयोजक लालबहादुर महराले बताए।

    जिल्लामा विभिन्न किसिमका प्रकोपको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका विषयमा सम्वन्धित स्थानीय तहसँग छलफल भएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रेले बताए। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहमा विपद व्यवस्थापन समिति गठन गर्न आग्रह गरिएको छ। उनले भने, 'स्थानीयस्तरमा विपद व्यवस्थापन समिति गठन गरी कार्यान्वयनमा ल्याएमा प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ।' विभिन्न विपदका घटनालाई न्यूनीकरण गर्नका लागि स्थानीय तहलाई बजेट छुट्याउन आग्रह गरिएको पनि उनले बताए। 

    जिल्लाको डिलाशैनी गाउँपालिकाको बांगाबगर, गोकुलेश्वर, रुद्रेश्वर पहिरोको उच्च जोखिममा छन् भने दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिरोको उच्च जोखिममा छन्। यस्तै जिल्लाको पुर्चाैंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिरोको उच्च जोखिममा रहेको विपद संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए। 

    जिल्लामा हुन सक्ने प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरणका लागि जिल्लास्तरमा तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीको भनाई रहेको छ। पहिरोको उच्च जोखिममा रहेका स्थानीयले स्थानीयस्तरबाट पहिरो नियन्त्रण गर्न नसकिने भएकोले स्थानीय, प्रदेश र संघीय सरकारसँग माग गरिएको जनाएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]