समाज : सुरक्षा/अपराध

२५ वर्षदेखि फरार एक व्यक्ति पक्राउ

भदौ ५, २०७५

    सल्यान : २५ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार जिल्ला अदातलबाट ३ महिना १८ दिन कैदको फैसला सुनाएपछि फरार रहेका शारदा नगरपालिका-४ का अजुर्नकुमार केसीलाई पक्राउ गरिएको हो। 

    विस २०५० सालमा जबरजस्ती करणीमा केसीलाई कैदको फैसला गरेको थियो। केसीको फैसला कार्यान्वयनका लागि जिल्ला अदातलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। गाउँघरमै लुकीछिपी बसिरहेका केसीलाई गाउँबाटै पक्राउ गरिएको हो। यस्तै कुटपिट मुद्दामा फैसला सुनाइएका अर्का एकजना पनि ६ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ।

    बागचौर नगरपालिका-८ र ९ साविक कोटमौला निवासी देवबहादुर मल्ललाई पक्राउ गरिएको शाहीको भनाई रहेको छ। वि.स.२०६९ सालमा जिल्ला अदातल सल्यानले मल्ललाई ६ महिनाको कैद फैसला सुनाएको थियो। 

    विभिन्न मुद्दामा जिल्ला अदातल सल्यानबाट सजाय पाएर फरार भएका अन्य व्यक्तिहरूको पनि खोजतलास गर्ने कार्य तीब्र पारिएको प्रहरी प्रमुख शाहीको भनाई रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]