राजनीति

नयाँ मुलुकी ऐन नागरिकको स्वतन्त्रता हनन हुने गरी आयोः पाठक

भदौ ५, २०७५

    काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले नयाँ मुलुकी ऐन नागरिकको स्वतन्त्रता हनन् हुनेगरी आएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

    आयोगका सदस्य पाठकले मानव अधिकारको राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता विपरित आएको नयाँ मुलुकी ऐन नागरिकलाई पाच्य नहुने चेतावनी पनि दिए। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नयाँ मुलुकी ऐनमाथि पत्रकार, चिकित्सकहरुले प्रश्नैप्रश्न उठाएको उल्लेख गर्दै उनले सो ऐनमा आफू पनि सहमत हुन नसक्ने पनि स्पष्ट पारे।

    सरकारले गत भदौ १ गतेबाट लागू गरेको नयाँ मुलुकी ऐन संविधानसम्मत नभएको आयोगका सदस्य पाठकको तर्क छ। उनले सो ऐनका विषयमा आयोग भित्र छलफल भईरहेको र छिट्टै औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी पनि दिए।

    आयोगका सदस्य पाठकले सर्वोच्च अदालतले रिहा गरेलगत्तै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पक्राउ गरेको भन्दै सरकारको आलोचना पनि गरे।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]