अर्थ

१४ वर्षयताकै न्यून मूल्य वृद्धिदर, ७ प्रतिशतको अनुमानमा ४.२ प्रतिशत वृद्धिदर

भदौ ५, २०७५

    काठमाडौं : गत आर्थिक वर्ष २०७४/०७५ मा नेपालको मूल्य वृद्धिदर ४.२ प्रतिशत रहेको छ। मूल्य वृद्धिदरमा ०.३ प्रतिशतले कमी आई ४.२ प्रतिशत कायम रहेको नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरिएको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख छ। 

    समीक्षा वर्षको औसत मुद्रास्फिती आर्थिक वर्ष २०६१/०६२ पछिको सबैभन्दा न्यून हो। पछिल्लो १६ वर्षको अवधिमा सबैभन्दा कम आर्थिक वर्ष २०६०/०६१ मा ४ प्रतिशतको मूल्य वृद्धि भएको छ भने सबैभन्दा बढी आर्थिक वर्ष २०६५/०६६ मा मूल्य वृद्धि भएको छ। १० वर्ष युद्धमा होमिएको तत्कालीन माओवादीले त्यो समय सत्ताको बागडोर सम्हालेको थियो।

    उपभोग्य सामग्रीमा झण्डै ६५ प्रतिशत भारतीय रहेकामा भारतको मूल्य वृद्धि पनि न्यून रहेका कारण नेपालको मूल्य वृद्धिदर १४ वर्षयताकै न्यून देखिएको हो।  आर्थिक वर्ष २०७४/०७५ मा ७ प्रतिशतको मूल्य वृद्धिको प्रक्षेपण गरिएको थियो। 

    राष्ट्र बैंकले गरेको अध्ययनअनुसार असार महिनामा भने गत वर्षको भन्दा बढी मूल्य वृद्धिदर देखिएको छ। २०७५ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता
    मुद्रास्फिती ४.६ प्रतिशत रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फिती २.७ प्रतिशत रहेको थियो। 

    क्षेत्रगत आधारमा समीक्षा वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फिती हिमालमा ५.९ प्रतिशत, पहाडमा ४.६ प्रतिशत, तराईमा ४.४ प्रतिशत र काठमाडौं  उपत्यकामा ३.३ प्रतिशत रहेको छ। 

    यस्तो १६ वर्षको मूल्य वृद्धिदर

    आर्थिक वर्ष

    प्रक्षेपण

    यथार्थ मूल्य वृद्धि

    २०५९/०६०

     

    ४.०

    ४.७

    २०६०/०६१

     

    ४.३

    ४.०

    २०६१/०६२

     

    ४.०

    ४.५

    २०६२/०६३

     

    ५.०

    ८.०

    २०६३/०६४

    ६.०

    ५.९

    २०६४/०६५

     

    ५.५

    ६.७

    २०६५/०६६

     

    ७.५

    १२.६

    २०६६/०६७

    ७.०

    ९.६

    २०६७/०६८

     

              ७.०          

    ९.६

    २०६८/०६९

    ७.०

    ८.३

    २०६९/०७०

              ७.५          

    ९.९

    २०७०/०७१

    ८.०

    ९.१

    २०७१/०७२

    ८.०

    ७.२

    २०७२/०७३

    ८.५

    ९.९

    २०७३/०७४

    ७.५

    ४.५

    २०७४/०७५

    ७.०

    ४.२

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]